पूर्वस्वीकृति नलिई पाँच जना भन्दा बढी व्यक्ति आवत-जावत वा भेला हुन नपाउने गरी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले बिहीबार बिहान १० बजे देखि साँझ ५ बजेसम्म निशेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले केहिबेर अघि जारी सूचना उल्लङ्घन गरे कानुन अनुसार कारबाही हुने चेतावनी दिएका छन्। प्रशासन कार्यालयले गए राति ५ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश पनि जारी गरेको थियो।
सेढाईँका अनुसार, निशेधाज्ञा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम जारी गरिएको हो। यो आदेश चार पूर्वमा भारतको सिमाना, पश्चिममा संखुवासभा, उत्तरमा चीन/तिब्बतको सिमाना, र दक्षिणमा तेह्रथुम र पाँचथर किल्लाभित्र लागू हुनेछ।
यस अवधिमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन वा बैठक गर्न पाइने छैन।
प्रकाशित: २६ भाद्र २०८२ १०:११ बिहीबार





