९ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

घटेन सुनचाँदीको मूल्य

पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० र त्यति नै चाँदीको मोल चार हजार ४२० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। दुवै धातुको मूल्य हालसम्मको उच्च हो।

गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार ३०० मा र चाँदी चार हजार १०५ रूपैयाँमा कारोबार भएको थियो।

सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार ७०० सय पुग्यो भने चाँदी चार हजार २३५ रूपैयाँमा कारोबार भएको थियो।

मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २०० र चाँदी चार हजार २५५ रूपैयाँमा किनबेच भएको थियो।

अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५२५ र त्यति नै परिमाणको चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

प्रकाशित: ९ पुस २०८२ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App