१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

काठमाडौंसहित देशका चार स्थानमा चार जना मृत फेला

काठमाडौं, कास्की, कैलाली र तनहुँका विभिन्न स्थानमा गरी चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। प्रहरीले सबै घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार, काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित तरकारी बजार नजिकैको झाडीमा अन्दाजी ३२ वर्षीय एक पुरुष शनिबार मृत फेला परेका छन्। उनको नाम, थर र वतन खुल्न सकेको छैन।

यसैगरी, कास्कीको पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटल स्पेलेण्डिड भ्यूमा कार्यरत चितवन घर भएका ४३ वर्षीय दुर्गा प्रसाद खनाल आफ्नै कोठामा शनिबार मृत अवस्थामा भेटिएका छन्।

उता, कैलालीको मोहन्याल गाउँपालिका-३ स्थित वन कार्यालय नजिक सडक छेउमा लम्कीचुहा नगरपालिका-१० का ६३ वर्षीय तारे दमाई शुक्रबार मृत फेला परेका थिए।

त्यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका-७, सिद्धबाबा टोलका ४० वर्षीय बिनोद विक सोही ठाउँको सडक छेउमा शुक्रबार मृत अवस्थामा भेटिएका थिए।

प्रहरीले सबै शवहरू पोस्टमार्टमका लागि पठाएको र घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८२ २१:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App