२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml २३:२६ अपराह्न
समाज

बर्दियामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

बर्दियाको बढैयाताल गाउँपालिकास्थित मानखोलामा एक पुरुषको शव फेला परेको छ।

बुधबार राति करिब साढे १० बजे बढैयाताल–४, मानकिनारस्थित खोलामा घोप्टो परेको अवस्थामा शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार, मृतकको पहिचान खुल्न सकेको छैन। कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले शवको हुलिया सार्वजनिक गर्दै पहिचानका लागि सहयोगको अपिल गरेका छन्।

उनका अनुसार, मृतक करिब ५ फिट ५ इन्च उचाइका छन् र उनले खरानी रङको पुरुष कुर्ता (जेन्स कुर्ती), भित्र रातो गन्जी र खरानी रङको हाफ कट्टु लगाएका छन्। उनको टाउकोमा भदगाउँले टोपी पनि रहेको छ।

हाल शवलाई बर्दिया अस्पतालको शव गृहमा राखिएको छ। घटनाको प्रकृति र शवको अवस्थाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित: ८ श्रावण २०८२ १८:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App