१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम) नवलपरासीमा माछा पर्न थालेका छन्।

पाल्हीनन्दन गाउँपालिका–४ स्थित कृष्णबहादुर सहानीले चिसोका कारण माछा जोगाउन नसकेको बताए। उनले १० वर्षदेखि छ बिघामा व्यावसायिक माछापालन गर्दै आएका छन्।

उनका अनुसार लामो समयसम्म शीतलहरका कारण माछा पोखरीको तापक्रम घटेपछि माछा मर्न थालेका हुन्। चिसो कारण माछाले दाना पनि खान छोडेको उनको भनाइ छ।

प्रतापपुर गाउँपालिका–२ का भवानी शङ्कर यादवले पनि १६ बिघामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका छन्। अत्यधिक चिसोका कारण २० क्विन्टल बैखी माछा मरेको उनले बताए। 

प्रकाशित: २१ पुस २०८२ १३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App