१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

२४ घण्टाभित्र २२ ठाउँमा आगलागी

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार बिहान १० बजेदेखि आइतबार बिहानसम्म देशभर कूल २५ वटा विपद्जन्य घटना घटेका छन्। ती घटनामध्ये सबैभन्दा बढी अर्थात् २२ वटा घटना आगलागीसँग जोडिएका छन्।

कतै डढेलो त कतै भान्सामा खाना पकाउने ग्याँस लिक हुँदा आगो लागेको छ। बिजुली सर्ट भएर, असावधानी एवम् जनचेतनाका अभावमा पनि आगो लागेको प्राधिकरणको विवरणमा उल्लेख छ। रौतहटमा तीन, पाँचथर, झापा, कास्की र स्यांगजाका दुई÷दुई स्थानमा आगलागीका घटना घटेका छन्।

मोरङ, भोजपुर, उदयपुर, सर्लाही, काठमाडौं, स्यांगजा, रुपन्देही, दाङ, अछाम र दार्चुलाका एक÷एक स्थानमा आगलागीका घटना घटेका छन्। हिउँदको समयमा आगो ताप्दा, सलाइको काटी खेलाउँदा र धानको कुन्युमा केटाकेटी खेल्दासमेत आगलागी भएको पाइएको छ।

प्राधिकरणका अनुसार, काठमाडौंको दक्षिणकाली नगरपालिका–५ पुरानो दक्षिणकाली जंगलमा आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय फर्पिङ टोली र स्थानीयको सहयोगमा डढेलो नियन्त्रण गरिएको थियो। पाल्पामा पहिरो, मोरङका दुई स्थानमा जंगली हात्तीले आक्रमण गरेको छ। 

त्यसमध्ये मोरङको सुन्दरहरैचा नगरपालिका १२ मा हात्तीको आक्रमणमा परेर एकको मृत्यु भएको छ। विपद्मा परेर एक जनाको निधन र चार जना घाइते भएका छन्। विपद्जन्य घटनाका कारण कूल ७२ लाख ९०० बराबरको क्षति भएको अनुमान गरिएको छ। रासस

प्रकाशित: २९ मंसिर २०८२ ०६:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App