नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकार नागरिककर्मी कृष्ण किसी र तुल्सीकुमार त्वायनामाथि भएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघका जिल्ला सचिव दीपक ढुंगानाद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा, समाचार संकलनको क्रममा नेपाली सेनाबाट पत्रकार किसीमाथि दुर्व्यवहार भएको उल्लेख छ।
त्यसैगरी, भादगाउँ टेलिभिजनका पत्रकार तुल्सीकुमार त्वायनामाथि भिडियो खिच्दै गर्दा आन्दोलनकारीहरुले कुटपिट गरेको घटनालाई पनि महासंघले प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपको रुपमा लिएको छ।
प्रकाशित: २८ भाद्र २०८२ १९:११ शनिबार





