१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

२० वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ

जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले कटहरिया नगरपालिका ७ का ३० वर्षीय प्रभु माझीलाई पक्राउ गरेको जनाएको छ। 

प्रहरीका अनुसार २०६८ मंसिर २५ गते रौतहटको साविक बागही गाविस ६ (हाल कटहरिया नगरपालिका–७)  स्थित बिरेन्द्र चौधरीको पोखरीको डिलमा ७ वर्षीया बालिकामाथि जबरजस्ती करणीपछि हत्या गरिएको घटनामा माझी संलग्न रहेका थिए। उक्त मुद्दामा सर्वोच्च अदालतले उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो। 

कैद सजायपछि फरार रहेका माझीलाई २०८३ वैशाख २४ गतेदेखि जेनजी आन्दोलनमा फरार भएपछि खोजी गरिँदै आएको प्रहरीले जनाएको छ। 

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले साउन ८ गते राति कटहरिया नगरपालिका ७ बाट उनलाई पक्राउ गरेको हो। 

प्रकाशित: ९ श्रावण २०८३ १४:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App