२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

अतिक्रमित घरटहरा भत्काइँदै, अवरोध गरे कारबाही गरिने

सरकारले काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरू शनिबारदेखि भत्काउने भएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै शनिबार (वैशाख १२ गते) देखि बस्ती खाली गरिने भएकाले तुरुन्त सुरक्षित स्थानमा सर्न अनुरोध गरेको थियो।

माइकिङमार्फत, ‘वैशाख १२ गते बिहान ६ बजेदेखि घरटहरा भत्काउने र अतिक्रमित जग्गा पूर्ण खाली गर्ने कार्य सुरु गरिने र त्यस कार्यमा अवरोध गरेमा कानुनअनुसार कारबाही हुनेछ’ भनिएको थियो। जानकारीअनुसार अवैध घरटहरा भत्काउने कार्य आइतबारसम्म चल्नेछ।

नेपाल सरकारले वास्तविक भूमिहीनको लगत लिई आवश्यक कार्य तत्काल सुरु गर्ने सूचनामा बताएको छ। त्यसमा बस्ने अपांगता भएका व्यक्ति, बालबालिका, सुत्केरी, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिई सुरक्षित रूपमा सार्न भनिएको छ।

त्यसका लागि सुरक्षाकर्मीको सहयोग चाहिएमा सहयोग माग्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुन: ध्यानाकर्षण गराएका छन्। 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै सफल भई आफ्नो सम्पत्ति छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका हुन्।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री बालेन्द्रले भने: नदीकिनारका बासिन्दाको सुरक्षामा सरकार गम्भीर

प्रकाशित: १२ वैशाख २०८३ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App