१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

‘पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’

पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन्।

चौधौं अन्तर्राष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीबिना संरक्षणको कल्पना गर्न नसकिने बताए।

उनले भने, “हात्ती संरक्षण गरेर मात्र वन र वन्यजन्तुको संरक्षण गर्न सकिन्छ। हात्ती बुद्धिमान् जनावार भएकाले यसको संरक्षण जरुरी छ।”

वरिष्ठ पशु चिकित्सक डा.विजयकुमार श्रेष्ठले हात्ती संरक्षणका समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए। वन क्षेत्र र वन्यजन्तु संरक्षणमा हात्तीले खेल्ने भूमिका कसैले पनि भुल्न नहुने उनले बताए।

प्रकाशित: २८ श्रावण २०८२ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App