१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

रौतहटको गढीमाई नगरपालिकामा इँटा बोकेको ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

गढीमाई नगरपालिका–२ स्थित समनपुर बजारमा बिहीबार दिउँसो भएको दुर्घटनामा ६० वर्षीय रमानन्द महराको ज्यान गएको हो।

प्रहरीका अनुसार गढीमाई-४ सुन्दरपुर निवासी महरा सवार मोटरसाइकललाई ट्रयाक्टरले ठक्कर दिएको थियो।

समनपुरबाट हजरियातर्फ जाँदै गरेको ना ३ त २३३७ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिहीबार दिउँसो करिब १२ः४५ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार महरा गम्भीर घाइते भएका थिए। उनको ढाडमा गम्भीर चोट लागेको थियो।

घाइते महरालाई तत्काल उद्धार गरी गरुडास्थित ‘वेटर नेपाल अस्पताल’ पुर्‍याइएको भए पनि उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि हाल जिल्ला अस्पताल गौरमा राखिएको छ। प्रहरीले दुर्घटनामा संलग्न ट्रयाक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–५ निवासी ३९ वर्षीय राम किशुन यादव रहेका छन्।

दुर्घटना लगत्तै मोटरसाइकल चालक भने फरार भएका छन्। प्रहरीले फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ४ असार २०८३ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App