बुधबार बिहान बझाङको कोटदेवल केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ४ बजेर ४० मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।
भूकम्पबाट हालसम्म कुनै पनि किसिमको मानवीय वा भौतिक क्षति भएको छैन।
प्रकाशित: ६ श्रावण २०८३ ०७:४० बुधबार





