१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

पुस २० गते ‘धरान डे’, धरानमा सार्वजनिक बिदा

धरान उपमहानगरपालिकाको १२५औँ स्थापना दिवस ‘धरान डे’ आगामी पुस २० गते मनाइने भएको छ। त्यस अवसरमा धरान उपमहानगरपालिकाले धरानमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ।

उपमहानगरपालिकामा आज बसेको बैठकले स्थापना दिवसलाई यस वर्ष सीमित कार्यक्रमका साथ एक दिन मात्र मनाउने निर्णय गरेको हो। यसअघि ‘धरान डे’ पाँच दिनसम्म मनाइँदै आएको थियो।

नगरप्रमुख हर्कराज राई (साम्पाङ) का अनुसार २१ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुनाका साथै गृह मन्त्रालयबाट पुस २१ गतेदेखि भेला तथा कार्यक्रम नगर्न निर्देशन प्राप्त भएपछि कार्यक्रम एक दिन मात्रै मनाउने निर्णय गरिएको हो।

त्यस अवसरमा आयोजना हुने कार्यक्रममा करदातालाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको उपमहानगरपालिका जनाएको छ।

प्रकाशित: १७ पुस २०८२ ०८:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App