सुनसरी देवानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि सोमबार थप तनावग्रस्त भएसँगै प्रदर्शनकारीले एक सर्वसाधारणको घरमा आगजनी गरेका छन्।
प्रदर्शनकारी उग्र भएर सर्वसाधारणकै घरमा आगजनी गर्न थालेसँगै स्थिति भयावह हुने खतरा बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खडकाले आगलागी भएको घरतर्फ प्रहरी टोली लागेको बताए।
उनका अनुसार देवानगञ्ज क्षेत्रमा डिएसपी सुभाष हमालको नेतृत्वमा प्रहरी टोली रहेको र सोही टोली आगलागी भएको घरतर्फ लागेको हो।
प्रकाशित: ११ श्रावण २०८३ १४:०१ सोमबार





