२० कार्तिक २०८२ बिहीबार
image/svg+xml ४:५० पूर्वाह्न
समाज

मन्दिर परिसरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

बाराको पचरौता नगरपालिकामा रहेको एक मन्दिर परिसरमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।

मंगलबार बिहान उक्त वस्तु फेला परेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको थियो।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार, पचरौता नगरपालिका–७, सखुवास्थित राम मन्दिरको मठमा बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षा व्यवस्था कडा पारेको थियो र नेपाली सेनालाई खबर गरेको थियो।

खबर लगत्तै घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले आवश्यक प्रक्रिया पूरा गरी उक्त वस्तुलाई सुरक्षित तरिकाले निष्क्रिय पारेको हो।

प्रकाशित: ६ श्रावण २०८२ १७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App