१ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

फरमुल्लाह मन्सुरको प्रस्ताव: आगामी प्रधानमन्त्री गगन थापा भनेर चुनावमा जाऔँ

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीमा महामन्त्री गगन थापाको नाम लगेर जानुपर्ने प्रस्ताव गरेका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै सहमहामन्त्री मन्सुरले यस्तो बताएका हुन्। 

‘संघीय निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीका गगन भनेर चुनावमा जाऔँ। म कुरा लुकाएर हिँड्ने मान्छे होइन,’ सहमहामन्त्री मन्सुरले भने, ‘आम जनताको कुराहरूको निष्कर्ष मैले राखेको छु। अहिले गगनकुमार थापाको पक्षमा सबै नेपाली जनताले कांग्रेसको सभापति र प्रधानमन्त्रीको उम्मेदवार गगन भए राम्रो हुन्छ भनेको सुनेको छु ।’

महामन्त्री थाहा नै आउने निर्वाचनमा कांग्रेसको मत तान्ने फेस हुनसक्ने उनले बताए। उनले भने, ‘कांग्रेसले नीति र कार्यक्रम तयार गरोस्। एउटा नयाँ नेताको रूपमा यो चुनावलाई अगाडि लिएर जाऔँ।’

प्रकाशित: १९ कार्तिक २०८२ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App