कैलाली कारागारका एक थुनुवाको मृत्यु भएको छ।
जिल्लाको टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको आज (सोमबार) दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।
टाउको दुखेको र रिंगटा लागेको भनेपछि चौधरीलाई तत्काल उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएकामा केहीबेरमै चिकित्सकले मृत घोषणा गरेको कारागार प्रमुख प्रकाश ढुङ्गानाले जानकारी दिए।
उनले मृत्युको कारण भने खुल्न नसकेको बताए। मृतक जवरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेको जनाइएको छ।
प्रकाशित: ९ भाद्र २०८२ १७:४६ सोमबार





