२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

५७ हजार अमेरिकी डलर बोकेका युवराज समातिए

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ माथिल्लो बजारस्थित चेकपोष्टमा स्रोत नखुलेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन्।

खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंबाट इलामतर्फ गइरहेको बा१६च ८०४८ नम्बरको टाटा सुमोबाट झापाको मेचीनगर नगरपालिका–३ का ३४ वर्षीय युवराज नेवारबाट ५७ हजार अमेरिकी डलर फेला परेको हो।

उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ। रासस

प्रकाशित: ३० पुस २०८२ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App