भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशूली जलविद्युत् ३ 'ए' मा आज बिहान ३ बजे क्राउन ब्लास्ट (सुरुङको माथिल्लो भागमा गरिने विस्फोट) गरिएको छ।
भोटेकोशी बाढीले थुनिएको सुरुङको मुख खोल्ने कार्यका लागि ब्लास्टिङ भएको सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन्। उनले सुरुङको भाग पूरै पानीले भरिएकाले भित्र पस्न असम्भव भएको पनि बताए।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘राति करिब ३ बजे क्राउन ब्लास्ट गर्यो। भित्र पस्ने आशा असम्भव भयो। सुरुङको क्राउन पूरेै पानीले भरिएको छ।'
उनले सुरुङको मुख खोल्ने कार्य भने जारी रहेको जानकारी दिएका छन्।
प्रकाशित: १५ भाद्र २०८३ ०७:३० सोमबार





