१४ भाद्र २०८३ आइतबार
image/svg+xml
राजनीति

राहत वितरणमा ढिलाइ भएको भन्दै सांसद तामाङ र वडाध्यक्षबीच भनाभन

प्रतिनिधिसभा सदस्य आशिका तामाङ र गल्छी गाउँपालिकाका वडाध्यक्षहरूबीच बाढीपीडितलाई राहत वितरणको विषयलाई लिएर भनाभन भएको छ। 

गल्छी गाउँपालिकाको कार्यालय पुगेकी सांसद तामाङले विभिन्न संघ–संस्थाबाट प्राप्त राहत सामग्री गाउँपालिका भवनमा थुपारिएको भए पनि बाढीपीडितको हातसम्म राहत पुग्न नसकेको भन्दै असन्तुष्टि जनाएकी हुन्। 

उनले बाढी आएको तीन दिन बितिसक्दा पनि राहत वितरणमा ढिलाइ भएको भन्दै स्थानीय जनप्रतिनिधिसँग प्रश्न गरेकी थिइन्। राहत सामग्री गाउँपालिकाको कार्यालयमा थुप्रिएको तर पीडित जनताको हात रित्तो रहेको भन्दै उनले तत्काल राहत वितरण गर्नुपर्नेमा जोड दिइन्। 

तामाङले राहत वितरणमा भएको ढिलाइबारे प्रश्न गर्दा केही वडाध्यक्ष आफूविरुद्ध आक्रोशित भएर प्रस्तुत भएको बताएकी छन्। उनले बाढीपीडितले राहत नपाएको विषयमा आफूले जनप्रतिनिधिसँग जवाफ मागेको स्पष्ट पारेकी छन्। 

राहत वितरणको विषयमा छलफल भइरहेका बेला वडा नम्बर ६ का अध्यक्ष दीपक कार्की र सांसद तामाङबीच भनाभन भएको हो। कार्यपालिका बैठक चलिरहेका बेला सांसद तामाङ गाउँपालिका कार्यालय पुगेकी थिइन्। 

प्रकाशित: १४ भाद्र २०८३ १२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App