१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

बाढी पीडितलाई खड्का होटलको सात लाख बढी सहयोग

विपद्को पीडामा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले सुर्खेतको घण्टाघरस्थित खड्का होटलले ७ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने भएको छ।

होटल परिसरमा लामो समयदेखि असहाय, विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूको सहयोगका लागि राखिएको दान पेटिकामा संकलित ७ लाख १८ हजार ६ सय १८ रुपैयाँ बाढी पीडितको राहतका लागि प्रधानमन्त्री राहत कोषमा प्रदान गर्न लागिएको हो।

मानवीय सेवाको उद्देश्यले सर्वसाधारणबाट संकलित रकमलाई विपद्को कठिन समयमा बाढी पीडितसम्म पुर्‍याउने निर्णय गरिएको खड्का होटलका प्रोपराइटर खेम खड्काले बताए।

दान पेटिकामा जम्मा भएको रकम राहत कोषमा हस्तान्तरण गर्ने निर्णयले विपद्का बेला सहयोगको भावना र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाएको छ। होटलको यो पहलले ‘सानो–सानो सहयोगले ठूलो राहत’ सम्भव हुन्छ भन्ने सन्देशसमेत दिएको छ।

प्रकाशित: १४ भाद्र २०८३ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App