१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

सरकारको पनि अलिअलि बुद्धि छ नि : मन्त्री पुन

विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले रसुवा बाढीपछि फेला परेका शव तथा मानव अंगको व्यवस्थापनलाई लिएर नागरिक चिन्तित हुन नपर्ने बताएका छन्। 

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत बाढीपछि फेला परेका अधिकांश शव सग्लो अवस्थामा नरहेको भन्दै पहिचानका लागि आधुनिक वैज्ञानिक विधि प्रयोग गरिने बताएका हुन्। बाढीपछि फेला परेका करिब ८५ प्रतिशतभन्दा बढी शवको हात, खुट्टा, करङ तथा शरीरका विभिन्न अंग र टुक्रा मात्रै फेला परेको भन्दै सरकारले अहिले केवल व्यवस्थापन मात्रै गर्न लागेको बताएका हुन्। 

पुनले शवको पहिचानका लागि डीएनए परीक्षण नै सबैभन्दा भरपर्दो उपाय भएको बताउँदै विभिन्न ठाउँमा फेला परेका मानव अंग तथा शवका टुक्राबाट डीएनए नमुना संकलन गरी प्रत्येकलाई छुट्टाछुट्टै नम्बर दिएर सुरक्षित रूपमा सरकारले  व्यवस्थापन गर्ने बताएका हुन्। 

शव व्यवस्थापनबारे नागरिकस्तरमा उठिरहेका चिन्तालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘सरकारको पनि अलिअलि बुद्धि छ नि।’ उनले शव व्यवस्थापन वैज्ञानिक विधिबाटै गरिने भएकाले यस विषयमा अनावश्यक चिन्ता नलिन आग्रह गरेका छन्।  

प्रकाशित: १४ भाद्र २०८३ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App