रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन २० थान स्याटेलाइट फोन उपलब्ध गराइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सुचारु राख्दै सूचना प्रवाह सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट फोन उपलब्ध गराएको हो।
उपलब्ध गराइएका स्याटेलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग गर्नेगरी पठाइएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण नियमित सञ्चार सेवा प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै खोज, उद्धार तथा राहत कार्यमा खटिने टोलीलाई सञ्चार सम्पर्क कायम राख्न स्याटेलाइट फोन प्रयोग गरिने बताइएको छ।
प्रकाशित: १४ भाद्र २०८३ १२:३२ आइतबार





