२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

सडक डिभिजन कार्यालय लहानका तत्कालीन प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सवइन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगेले उनीहरूविरुद्ध २ करोड ३४ लाख ९९ हजार ९४५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका-५ मा प्रदेश सरकारको योजनामा गाढा-चिकना सडक डिभिजन लहानले निर्माण व्यवसायीलाई काम गराउन दिएको सडक ढलान गर्दा ३ करोड बारबरको गुणस्तरहीन सामग्री प्रयोग गरी मनोमानी ढ्ऊले अनिमियतता गरेको उजुरीको आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

यो सडक ढलान गर्नका लागि जय धनन्जयररब्बानी जेभी बालाजुलाई ३ करोड ४९ लाख ६१ हजार ६३८ रुपैयाँमा ३० चैत २०७७ सालमा सम्पन्न गर्ने गरी २१ असार २०७७ मा ठेक्का दिएको थियो ।

अनुसन्धानको क्रममा सम्झौता विपरीत तोकिएको गुणस्तरभन्दा कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरी भुक्तानी लिएको पाइएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

 

प्रकाशित: २९ आश्विन २०८२ २१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App