२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

सेफ्टी ट्याङ्कीमा मृत भेटिए ठेकेदार र कामदार

सुनसरीको दुहबी नगरपालिका-४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन्।

मृतकहरूमा दुहबी-२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले बताए।

आज बिहान १० बजेतिर दुहबी-४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा उनीहरू मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप अनुसन्धान तथा फरेन्सिक परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको प्रवक्ता खतिवडाले बताए।

प्रहरीका अनुसार मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले बताए।

प्रकाशित: २८ श्रावण २०८२ १३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App