बिहीबार देशभरको मौसम साधारणतया बदली रहने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ। अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव छ।
प्रकाशित: २ आश्विन २०८२ ०७:२२ बिहीबार





