२४ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

‘नागरिको सुरक्षा नै पहिलो प्राथमिकता’

कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यले नागरिकको सुरक्षा नै पहिलो प्राथमिकता रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार भेटघाटमा उनले जेन-जी आन्दोलन पछि कारागारबाट कैदीबन्दी फरार हुँदा गाउँदेखि शहरसम्म त्रास बढेको बेला उनले नागरिकको जीउ धनको सुरक्षा आफ्नो पहिलो कर्तव्य रहेको बताए । ‘जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिले गाउँ गाउँमा त्रास बढेको, गाउँ र टोलमा आफै पहरा दिने गरेका छन, यो राम्रो कुरा हो’ उनले भने ‘हामीले सकेजति प्रहरी परिचालन गरेका छौँ, नागरिकसँग मिलेर काम गर्न तयार छौँ।’  

उनले आफूहरुलाई घटनाको सूचना दिने आग्रह गरे । उनले शान्ति सुरक्षा दिन प्रतिबद्ध रहेको बताए। उनले लागुऔषधविरुद्ध आफू निर्मम भएर लाग्ने बताए ।  

मुर्ति बिसर्जनका बेला हुन सक्ने सम्भावित घटनालाई रोक्न सञ्चारकर्मीले साथ दिनुपर्ने बताए । मुर्ति बिर्सजनका बेला ड्रोनसहित निगरानी गर्ने र साम्प्रदायिक भावना बिथोल्नेलाई कारबाही गरिने बताए । कपिलवस्तु कारागारबाट भागेका कैदीबन्दी मध्ये अब १७५ जना मात्र पक्राउ गर्न बाँकी रहेको उनले बताए । 

प्रकाशित: १० आश्विन २०८२ २०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App