अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–९ का वडा सदस्य भावना श्रेष्ठ र स्थानीय रविन कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूमाथि दुई लाख रुपैयाँ घुसको लेनदेन गरेको आरोप छ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पोखरा–२६ मा बाटोको विवादमा न्यायिक समितिमा विचाराधीन मुद्दामा रविन कुमार श्रेष्ठको पक्षमा निर्णय गराउन भावना श्रेष्ठले दुई लाख रुपैयाँ घुस लिएको पुष्टि भएको छ। साथै, रविनले सोही विवादमा आफ्नो पक्षमा निर्णय गराउन भावनालाई दुई लाख रुपैयाँ घुस दिएको स्थापित भएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार दुवै जनामाथि दुई लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफतको मागसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

प्रकाशित: २ भाद्र २०८२ १७:१७ सोमबार



-600x400.jpg)

