१२ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

बुधबारदेखि बेपत्ता व्यक्तिको शव फेला

धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित बाँसघारीमा एक पुरुषको शव फेला परेको हो । शव बटेश्वरकै स्थानीय ६० वर्षीय जगतबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार सोही वडाका जगदीश रविदासको बाँसघारीमा थापाको शव फेला परेको हो । मृतकका छोरा अमित थापाका अनुसार उनी बुधबार साँझदेखि घरबाट बेपत्ता भएका थिए । बेपत्ता हुनुअघि उनले मादक पदार्थ सेवन गरेको जानकारी दिइएको छ ।

शव फेलापरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका आधारमा अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शवको प्राकृतिक मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । रासस

प्रकाशित: ४ वैशाख २०८३ १६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App