२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बेनिघाट-लार्के सडक १० दिनदेखि अवरुद्ध

फाइल तस्बिर

उत्तरी गोरखाको प्रवेशद्वार बेनिघाट–लार्के सडक विगत १० दिनदेखि अवरुद्ध छ।

सेनाले निर्माण गरिरहेको सो सडकको तातोपानी खण्डको पहिरो नपन्छाउँदा सो सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध हुँदा चुमनुब्री र धार्चेका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।

धार्चे–३ मा पहिरोले सडकको जग नै बगाएर बूढीगण्डकीमा पुर्‍याएको छ। पैदलयात्रुसमेत पहिरोको बाटो जोखिम मलेर हिँड्न बाध्य भएको स्थानीय इन्द्रप्रसाद गुरुङले जानकारी दिए। रासस

प्रकाशित: २० भाद्र २०८२ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App