१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
समाज

सेनाको प्रष्टिकरणः जेन–जी आन्दोलनमा मारिने प्रदर्शनकारी २२ जना मात्रै

६७८९ कैदीबन्दी फर्किएनन्, ३९२ थान हतियार अझै भेटिएन

नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा मारिएका ७६ जना मध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको तथ्यांक सार्वजनिक गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गरेर सेनाले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।  

मारिनेमध्ये प्रहरी तीन जना, कैदीबन्दी १० जना र ४१ जना अन्य घटनाहरूमा मारिएको सेनाको तथ्यांक छ।  

सेनाले देशभर ४८४ स्थानमा आन्दोलन भएको जनाएको छ। आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको तथ्यांक सेनाको छ।  

यस्तै आन्दोलनकै समयमा देशभरका कारागारबाट १५ हजार ५८८ कैदीबन्दी फरार भएकामा ८ हजार ७९९ जना कैदीबन्दी पक्राउ परेको र फर्किएको जनाएको छ। सेनाको यो तथ्यांकअनुसार अझै ६ हजार ७८९ जना कैदीबन्दी फरार छन्।  

यस्तै आन्दोलनकै क्रममा ९७८ हातहतियार लुटिएकामा अहिलेसम्म ५८६ वटा हतियार फिर्ता गरिएका र बरामद भएका छन्। सो तथ्यांकअनुसार अझै पनि ३९२ हतियार गायब छन्।

प्रकाशित: ३१ आश्विन २०८२ १६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App