२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

अँधेरीमा दुर्घटना, सहचालक घाईते

अँधेरीमा दुर्घटनामा परेको ट्रकबाट खसेर सडकमा छरिएको सिसा ।

मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको अँधेरी खण्डमा सोमबार बिहान भएको दुर्घटनामा एक जना घाइते भएका छन् । लोकमार्गको गाईघाट–कटारी खण्डमा पर्ने उदयपुरगढी ७ स्थित अँधेरी नजिकै बिहान ८:३० बजे दुर्घटना भएको हो ।  

काठमाडौंबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०४ क ३१९४ नं. को सिसा बोकेको मालबाहक मिनीट्रक ओरालो घुम्तीमा दुर्घटना हुँदा सहचालक सिन्धुपाल्चोक जिल्ला तेमाल गाउँपालिका १ का १९ वर्षीय जीवन तामाङ घाईते भएका छन् ।  

ट्रक चालक सोही ठेगानाका मीनबहादुर तामाङ भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए । दुर्घटनामा परि सडक छेउमै पल्टेको ट्रकको सिसा भने सडकभरी खसेर फुटेर केहीबेर सडक अवरुद्ध भएको प्रत्यक्षदर्शी स्थानीय होम बस्नेतले बताए ।  

फुटेको सिसाले सडक ढाकेपछि एक–डेढ घण्टा यातायात आउजाउ नै रोकिएकोमा स्थानीय ट्राफिक र प्रहरी टोलीले सडक सफा गरेपछि अहिले यातायात सुचारु भईसकेको छ । दुर्घटनामा भएको क्षतिको मूल्याङ्कन भईरहेको र घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।  

लडेको गाडी पन्छाउन क्रेन झिकाइएको र घट्नाबारे थप अनुसन्धान भईरहेको डिएसपी दोङले बताएका छन् ।  

प्रकाशित: ३ कार्तिक २०८२ १३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App