२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

रास्कोटका दुई विद्यालयमा बने पहुँचयुक्त शौचालय

कालीकोटको रास्कोट नगरपालिकाका दुई सामदायिक विद्यालयलाई पहुँचयुक्त शौचालय निर्माण गरी हस्तान्तरण भएको छ ।  

रास्कोटको सुन्दर आधारभूत विद्यालय र मालिका आधारभूत विद्यालयलाई सुविधा सम्पन्न तीन कोठे पहुँचयुक्त, लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरिएको हो ।

विभिन्न दातृ निकायको सहयोगमा विद्यालयमा शौचालय निर्माण गरिएको हो । नव निर्मित पहुँचयुक्त शौचालय लैङ्गिक तथा अपाङ्गतामैत्री, हातधुने धारासहितको खानेपानी र  महिनावारी आराम कक्षसमेत छन् ।

 

प्रकाशित: ४ पुस २०८२ २०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App