सर्लाहीमा नदीमा डुबेर एक युवकको ज्यान गएको छ।
बलरा नगरपालिका वडा नम्बर १० सुदामाका २८ वर्षीय हरि शङकर चौधरीको शुक्रबार बिहान मनुसमारा नदीमा शव भेटिएको हो।
मृतक चौधरीको शव मनुसमारा नदीबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङगवा पठाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताएका छन्।
प्रकाशित: २४ आश्विन २०८२ ०९:२० शुक्रबार





