२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

मुगुमा किरियापुत्रीले गरे मतदान

छायानाथ रारा नगरपालिका–१ स्थित मीन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन्।

छायानाथ रारा नगरपालिका–१ निवासी दिवङ्गत ९३ वर्षीया रुपा मल्लका छोराहरु ललिजङ, राजन र विनोद मल्लले उक्त मतदान केन्द्रमा मतदान गरेका हुन्।  

त्यसैगरी, सोही वडाकी अर्की दिवङ्गत ९१ वर्षीया हाँसादेवी मल्लका छोरा गोविन्द र भूपेन्द्र मल्लले पनि सोही मतदान केन्द्रमा मतदान गरेका छन्।

प्रकाशित: २१ फाल्गुन २०८२ १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App