१४ पुस २०८२ सोमबार
image/svg+xml
समाज

चितवन मेडिकल कलेज अगाडि भेटिएको शंस्कास्पद वस्तु डिस्पोज

चितवन मेडिकल कलेज अगाडि भेटिएको शंस्कास्पद वस्तुलाई डिस्पोज गरिएको छ। पूर्व पश्चिम राजमार्ग स्थित आज २ः४५मा भेटिएको शंस्कास्पद वस्तुको डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितले जानकारी दिए।

उनका अनुसार त्यो शंस्कास्पद वस्तु एक किसिमका बम हो। त्यसलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको पण्डितले जानकारी दिए। सर्वसाधरणलाई तरर्साउने हिसाबले राखेको हुन सक्ने उनले बताए। त्यसले त्यति ठूलो क्षति नपुराउने आंकलन गरिएको उनको भनाई छ। 

बमलाई सिसाभित्र राखिएको थियो।  त्यसलाई डिस्पोज गर्नका लागि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको थियो। डिस्पोज भएसंगै सवारी आवागमन सुरु भएको उनले बताए।

प्रकाशित: ८ कार्तिक २०७९ ११:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App