२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

फाइल तस्बिर

तारकेश्वर नगरपालिका ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यार्थीलाई त्रिपन्नौं समाज सेवा दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ। युएमएचजिएफको साथमा अग्रणी कोरियाली व्यापार समूह बायोस्टार ग्रुपद्वारा एक हजार ६५ जना विद्यार्थीलाई स्टेसनरी सामग्रीसहितको झोला र ट्र्याकसुट वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार अर्यालले जानकारी दिए।

बायोस्टार ग्रुपले यो विद्यालयको भवनसमेत बनाइदिएको छ। यो विद्यालय सोह्रौं ह्युमन स्कुल र युएचजिएचएफको ड्रिम प्राजेक्ट हो; जहाँ तीनवटा विद्यालय भवन (पुस्तकालय, बहुउद्देश्यीय हल र दुईवटा लैंगिकमैत्री शौचालय) बनिरहेका छन्। यो विद्यालयलाई युएचजिएचएफद्वारा निर्माण गरिएका १८ सामुदायिक विद्यालयहरूको केन्द्रका रूपमा विकासगरिने जानकारीसमेत अध्यक्ष अर्यालले दिए।

कार्यक्रममा प्रमुख अतिथि तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन, विशेष अतिथि तानपा उपप्रमुख सिर्जना बुर्लाकोटी, बायोस्टार ग्रुपका प्रमुख कार्यकारी र जियोङ चानसहितको आठ सदस्यीय टोलीसहित क्याप्टेन उम होङ गिललगायतको सहभागिता थियो। युएचजिएचएफ विश्वप्रसिद्ध पर्वतारोही र परोपकारी उम होङ गिलको नाममा स्थापना भएको संस्था हो; जसले संसारका ८ हजार मिटरभन्दा अग्ला १६ वटा शिखर आरोहण गरी कीर्तिमान कायम गरेका छन्। नेपाल सरकारले उमलाई नेपालमा ३० वर्ष लामो निस्वार्थ सामाजिक कार्य गरेबापत मानार्थ नागरिकता प्रदान गरेको थियो; जो नेपाल भ्रमण वर्ष २०२० का लागि सद्भावना दूतसमेत थिए। उनले राष्ट्रिय सगरमाथा पुरस्कारसमेत पाएका थिए।

प्रकाशित: ९ आश्विन २०७९ ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App