२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं-मोरङ र नवलपरासीमा सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। मोरङ लखन्तरी–६ बिर्तास्थित सडकमा को. २ त ११४३ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने ८ वर्षीय सईन माझीलाई बुधबार ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।ट्याक्टर चालक ३४ वर्षीय दादुरलाल सरदार घाइते भएकोले न्यूरो अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका–४ सृजना चोकस्थित महेन्द्र राजमार्गमा लु.१ ख ४४९८ नम्बरको बसले लु.६ प ५०३४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालक बर्दघाट–३ बस्ने ६० वर्षीय पिताम्बर पौडेलको मृत्यु भएको छ। मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १५ वर्षीय सिजन ढुंगाना घाइते भएकोले जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ।

प्रकाशित: २४ चैत्र २०७२ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App