३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

घरेलु मदिरा बरामद

अवैध रुपमा घरमै उत्पादन गरी बेचबिखन गरिरहेको मदिरा प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ।

विराटनगर–६ मा अवैध घरेलु मदिरा बनाई बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा उत्पादन गरेको तथा उत्पादनको तयारी गरिएको मदिरा र मदिराको कच्चा पदार्थ नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

शुक्रराज राईको घरबाट १ सय २० लिटर तयारी घरेलु मदिरा र १ हजार ६ सय लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिएको ३२ वटा भाँडा नियन्त्रणमा लिइएको छ। बरामद गरिएको सामनसहित राईलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ भाद्र २०७९ ०५:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App