हाँस्यकलाकार केदार प्रसाद घिमिरे 'माग्ने बुढा' ले कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न माग गरेका छन्।
उनले आफ्नो सामाजिक संजालमा फेसबुकमार्फत एक स्टाटस लेख्दै सिंहलाई रिहा गर्न माग गरेका हुन्। 'कमेडीयन अपुर्वको रिहाइको माग गर्दछु', उनले लेखेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले सिंहलाई नेवा समुदायको आस्थामाथि चोट पुर्याउने गरी व्यंग्य गरेको भन्दै उनीविरूद्ध प्रहरीमा परेको उजुरीको आधारमा भाद्र १२ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रकाशित: २२ भाद्र २०७९ ०९:०० बुधबार