३० चैत्र २०८० शुक्रबार
समाज

लिम्बूजातीको परम्परा झल्काउने चोःलुङ पार्क

तेह्रथुमुको लालीगुराँस नगरपालीकाको बसन्तपुरमा रहेको चोःलुङ पार्क। तस्बिर: नागरिक

तेह्रथुमको बसन्तपुर बजार पुग्ने प्रायः चोःलुङ पार्क पुग्ने गर्छन्। परम्परागत शैलिका घर, लिम्बू परम्परा झल्काउने गाडिएको ढुङ्गा, ढुङ्गानै छापिएर बनाएको संरचना पक्कै पनि सुन्दर छन्। यतिमात्र हैन घरमा मकै झुण्ड्याईएको छ, कुनै घरमा खरले छाइएको छ भने कतै झिगंटीको छानो लगाइएको छ।  घरभित्र परम्परा झल्काउने सामाग्री सजाएर राखिएको छ। यो ठाँउ पुग्दा प्राचिनताको अनुभुती हुन्छ।

टाढैबाट हेर्दा सुन्दर देखिन्छ। यहाँ बनाइएका संरचना र राखिएका समाग्री मौलिकमात्र छैन् इतिहासका विभिन्न कालखण्डको स्मरण गराउने किसिमका छन्। मुन्धुममा आधारीत संरचना र सामाग्री भेटिन्छ। यो ठाँउ गुराँसको राजधानी भनेर प्रख्यात रहेको टिएमजे (तिनजुरे–मिल्के–जलजले) क्षेत्रको काखमा रहेको छ। लालिगुराँस नगरपालीकाको केन्द्र बसन्तपुरमा रहेको यो पार्क घुम्न आउनेको रोजाईमामात्र परेको छैन्, परम्पराको झल्को दिने तथा पुराना सामाग्रीको पुनः स्मरण गराउने काम गरेको छ।  

लिम्बुजातीको आदिम सस्कृती र परम्परा झल्काउने संरचना बनाइएको छ। गुराँसको बगैचामा रमाउन आइपुग्ने हजारौँ पर्यटक परम्परा झल्काउने पार्कमा  समेत रमाउन थालेका छन्। त्यसोत अध्ययन, अनुसन्धान गर्नेहरु पनि बाक्लो गरी आउने गरका छन्। थरिथरि गुराँस फूलेर हेरीरहु लाग्ने टिएमजे जाने शहरमै परम्परालाई झल्काउने महत्पूर्ण संरचना बनाइएको छ। टिएमजेमा २५ प्रजातीका गुराँस पाईने अनुसन्धानकर्ता कमल मादेन बताउँछन्।  ढुङ्गा, माटो, काठको प्रयोग गरि अधिकाश संरचना बनाइएको छ।

‘चोःलुङको शाब्दिक अर्थ सिद्धस्थल हो। मनोकामना पुरा गर्ने ठाँउको रुपमा रहेको छ। खासगरी पर्यावरणलाई संरक्षण गर्ने गरी पार्क बनाइएको हो। लिम्बु जातीको आस्था, मुन्धुम, संस्कारको माध्यमबाट पर्यावरणको संरक्षण गर्न खोजीएको हो’ लालिगुराँस नगरपालीकाका प्रमुख अर्जुन बाबु माबोहाङले भने ‘रैथाने अस्था झल्काउन खोजीएको छ। घर भित्र अड्याउन केहि सिमेन्ट र रड प्रयोग गरिएपनि बाँकि संरचना प्राकृतिक रुपमै बनाइएको छ। परम्परा प्रकृतिमा आधारीत भएकाले यसको संरक्षण हुने देखिन्छ।’

यो पार्कको परिकल्पनाकार माबोहाङनै हुन्। उनी दोश्रो पल्ट प्रमुखमा निर्वाचित भएका छन्। सन्धानकर्ताको रुपमा रहेका माबोहाङले मुन्धुममा आधारीत रहेर प्राकृतिमैत्री संरचना बनाएको बताए। यहाँ रहेको संग्राहलयमा परम्परागत समाग्रि राखिएको छ। लिम्बुजातीको संस्कार, परम्परा तथा दैनिक जिवनमा आवश्यक समाग्री राखिएको छ। यो पार्क बनाउन नगरपालीका, नयाँ सहर आयोजना मार्फत बजेट व्यवस्थापन गरीएको छ। 

पाँचवटा परम्परामा आधारीत घर बनाइएको छ भने घर बाहिर परम्परा तथा संस्कारजन्य संरचना बनाईको छ। यहाँ लिम्बु परम्परामा आधारीत पाहुना स्वागत तथा मेजमानी घर (लाम्लोःफुदोङ हिम), युमाले तान बुनेको ठाँउ (युमा थाकथाक खिबोमा), युमाले तान लगाउदा धागो टागिएको ढुङ्गा ( युमा थाकथाक खिबेलुङ), युमाले सामान विसाएको ठाँउ (युमा यक्चेलुङ), लगनको बेला प्रयोग गरिने (सोसिक्मालुङ), नुनतेल चोखिने ठाँउ (खाःउ लुङजङ) जस्ता संरचना बनाइएका छन्।  

देउ–देउतालाई थान थपना दिने ठाँउ (काम्याङलुङ),  दात नउम्रीएका बच्चाहरुको सिद्धिस्थान, मनुष्य बनाएको ठाँउ, लिम्बुजातीको सामाजिक न्याय व्यवस्थापनदेखि सस्कारीक कार्य गरेपछि साछि प्रमाणको रुपमा गाडीने ढुङ्गा (चुम्लुङ पक्वा), युमा संग्राहलय, भारी विसाउने चौतारो, पोखरीमा माछा पाल्ने, फूल रोप्ने कार्य गरी स्वस्तिशान्ती हुने ठाँउ (चोःलुङ वरक), श्रृजंगा घर बनाइएको छ।   युमा संग्रालयमा पुराना समाग्रि तथा ग्रामिण जनजिवन झल्काउने समाग्रि राखिएको छ। यस्तै, इतिहासमा भएका युद्धसँग सम्बन्धी  हतियार राखिएको छ। परम्परा, इतिहास झल्काउने संरचना पर्यटन प्रवद्र्धनको महत्पूर्ण स्थल भएको छ। यहाँ फिल्मी, म्यूजिक भिडियो  बनाउने काम भएका छन्। यहाँ पुगेर बनाएका भिडियो टिकटकमा प्रसस्त देखिन्छ।

प्रकाशित: १ श्रावण २०७९ १३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App