coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

८४ वर्षीय वृद्ध आगोबाट जलेर मृत्यु भएको अवस्थामा फेला

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं २ दुवाकोट फक्सिङटारमा शनिबार बिहान आफ्नै घरमा जलेर मृत्यु भएको अवस्थामा एक जना वृद्ध भेटिएका छन्।

सोही स्थान बस्ने वर्ष ८४ का जगतप्रसाद शिल्पकार आफ्नै तीनतल्ले पक्की घरको भुइतलाको कोठामा कम्मरदेखि माथिको भाग जली मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिइ प्रारम्भिक अनुसन्धान कार्य गरी शव पोष्टमार्टमका लागि के.एम.सी. अस्पताल दुवाकोट भक्तपुर पठाइएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३२ असार २०७९ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App