१९ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

मधेस बन्दमा काठ तस्करको रजाई

लहान-मधेस बन्दको मौका छोपेर काठ तस्करी मौलाएको छ। उदयपुरका जंगलबाट काटिएको सालको काठ सिरहामा तस्करी हुने गरेको पाइएको छ। उदयपुरको जंगलवाट काँचो सालको गोलिया तस्कर मार्फत सिरहका काठ मिल र फर्निचरहरुमा पुग्छ ।


सिरहाको मुक्सार क्षेत्रबाट ट्रयाक्टरको ट्रलीमा तल सालका गोलिया राखेर माथिबाट बालुवाले छोपी उदयपुरको काठ गोलबजार, मिर्चैया, चोहर्वाको समिल र फर्निचरहरुमा पुर्याउने गरेको पाइएको छ। बन्दका कारण वन कार्यालय खुलेका छैन् । बनकर्मचारीहरु बन्दलाई बहाना बनाई कार्यालय र कार्यक्षेत्र जादैनन् । जसको फाईदा काठ तस्करले भरपुर उठाईरहेको मुक्सारका रामस्वरुप महतोले बताए ।

जिल्ला वन कार्यालय लहान मातहतमा २ सेक्टर वन र १२ वटा ईलाका वन कार्यालय छन् । वन क्षेत्रमा रहेका ईलाका वनमा कार्यरत वनकर्मचारी बन्द अगाडि देखि नै सहरमा डेरा लिएर वसिरहेको जिल्ला वन कार्यालय लहानले जनाएको छ ।

काठ तस्करीको हिसावले जिल्लाको उत्तरवर्ती क्षेत्र घुर्मी, ढोडना, तरेगना, मुक्सार सम्बेदनशिल रहेको वन कार्यालयको रेकर्ड छ । यी क्षेत्रबाट हुने काठ तस्करी नियन्त्रणका लागि रहेका ईलाका वन कार्यालमा वनकर्मचारी नबस्दाको फाइदा तस्करले उठाईरहेको छ ।

समुदाय चुपचाप र बनकर्मचारी ईलाकामा नबस्दा उदयपुरको जँगलवाट फडानी गरिएको सालको काठ तस्करीका लागि यहाँको उत्तरवर्ती नाका तस्करका लागि सुरक्षीत बनेको छ ।

ईलाका वनको आफ्नो भौतीक संरचना नहुँदा कर्मचारी सम्वन्धित कार्यालयमा वस्न नसकेको जिल्ला वन कार्यालय लहान योजना फाँटका प्रमुख साहायक वन अधिकृत गंगा यादवले बताए।

भाडामा कार्यालय संचालन गर्ने अवस्था छैन् उनले भने,'विभागबाट कार्यालय संचालन गर्न चाहिने घर भाडा उपलब्ध गराउँदैन ।' 'विभागले भौतीक संरचना बनाईदिनु पर्यो कि घर भाडा दिनु पर्यो' उनको भनाई छ । वन क्षेत्रमा कर्मचारी नहुँदा तस्करी गर्नेलाई सजिलो भएको उनी स्वीकार्छन् ।' वन क्षेत्रमा कर्मचारी हुँदा र नहुँदामा फरक भैहाल्छ, हामीले सकेजति तस्करी नियन्त्रणको प्रयास गरेकै छौ, उनले भने ।'

प्रकाशित: २६ मंसिर २०७२ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App