सोही ठाउँका रामकृष्ण चौधरी(४५)को घरबाट १९८ थान लागु औषध कोरेक्स बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक शेषक थानदारले जानकारी दिए । विशेष सूचनाको आधारमा प्रहरीले रामकृष्णको घरमा छापा मार्दा उक्त परिमाणको कारेक्ससहित उनी र सोही ठाउँका रामप्रसाद चौधरी (४२) हरिदेव सदा (३५) लाई पक्राउ गरिएको थानदारले बताए। उनीहरु भारतीय सहरबाट लुकाई छिपाई लागु औषध कारेक्स ल्याएको प्रारम्भिक अनुुसन्धानबाट खुलेको थानदारले बताए।
मधेसमा जारी आन्दोलनको कारण प्रहरी दिउँसो आन्दोलन र राति राजमार्गको सवारी स्कर्टिङमा केन्द्रित हुँदा पारीबाट लागु औषध भित्र्याउने गिरोह सक्रिय छन्। भारतीय सहर लौकहा, खुटौनाबाट लागु औषध भित्र्याएर पहाडी जिल्ला उदयपुर र स्थानीय बजारमा बिक्री वितरण गर्ने गिरोह बन्दको आडमा फस्टाएको प्रहरी बताउँछन् ।
प्रकाशित: २३ मंसिर २०७२ ०१:०४ बुधबार





