देशका विभिन्न स्थानमा दलितमाथि भएका जातीय विभेदका घटनाको विरोधमा दलित समुदायका प्रतिनिधिले काठमाडौंकाे माइतीघरमा प्रदर्शन गरेका छन् ।
संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजले संयुक्त रुपमा भएको प्रदर्शनका सहभागीले सिन्धुली, रोल्पा र पोखरामा हालै भएका विभेदका घटनाका दोषीमाथि कारबाही हुनुपर्ने माग गरिएका ‘प्लेकार्ड’ बोकेका थिए ।
सङ्घर्ष समितिका संयोजक दलजित श्रीपालीले यही वैशाख ३ गते ललितपुरको सातदोबाटोबाट पक्राउ परेका कृष्ण विकको खु्र्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा भएको मृत्युको छानबिन हुनुपर्नेमा जोड दिए।
प्रकाशित: २० वैशाख २०८३ १९:४० आइतबार





