२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

कारण बुझेर मात्र अध्यादेश फिर्ताबारे बोल्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले अध्ययन गरिरहेको बताएका छन्।

आइतबार पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अध्यादेशबारे विस्तृत बुझ्न बाँकी रहेको बताए। “मैले बुझ्दैछु, के भनिएको छ बुझौंला, बुझेपछि मात्रै प्रतिक्रिया दिन्छु,” उनले भने, “केही न केही कारण त राख्नुभएको होला, त्यसलाई बुझेर मात्रै धारणा राख्छु।”

आजै राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पठाएका थिए।

सभापति लामिछानेले अध्यादेशमा बहुमतसम्बन्धी व्यवस्था व्याख्यासहित समावेश गरिएको उल्लेख गर्दै बाँकी विषय अध्ययनपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताए।

 

प्रकाशित: २० वैशाख २०८३ १९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App