२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

लागूऔषधसहित २ जना भारतीय पक्राउ

प्रहरीले २ जना भारतीयलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट बिहीबार साँझ पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा १ जना १४ वर्षीय बालक छन् भने अर्का भारतको अररिया सोनामनीका १८ वर्षीय विकास ठाकुर हुन्। बालकको पहिचान प्रहरीले गोप्य राखेको छ। दुवै जना पारिवारिक नाता सम्बन्धमा रहेको प्रहरीले जनाएको छ।  

उनीहरु भारतीय मोटरसाइकलमा सवार थिए। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भारतबाट नेपालतिर छिरेपछि विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साँझ साढे ५ बजेतिर पक्राउ गरिएको हो।  

पक्राउ परेकाहरुको साथबाट ३ दशमलब ६ ग्राम ब्राउन सुगर बरामद भएको छ। दुुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ असार २०७९ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App