६ वैशाख २०८१ बिहीबार
समाज

आमाको काजकिरियामा तीन दिदीबहिनी

आमाको काजकिरिया गर्न बसेका इटहरीमा तीन दिदीबहिनी।

बाबुआमाको मृत्यु पश्चात छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परागत सोच अझै पनि समाजमा छँदैछ। तर, पछिल्लो समय भने छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिन र काजकिरिया गर्ने क्रम बढ्दो छ।

यसैक्रममा इटहरीमा तीनजना छोरी आमाको काजकिरियामा बसेका छन्। आमाको काजकिरियामा बसेका तीन दिदी बहिनीले गरेको कार्यको यतिबेला सामाजिक सञ्जालसँगै गाउँ टोलका बासीन्दाले प्रसंसा गरेका छन्।

इटहरी वडा नं. ४ जनता टोलकी ४५ वर्षीय अञ्जु परियारको मृत्यु भएपछि तीन छोरी किरियामा छन्। मृतक अञ्जुकी चार छोरीमध्ये तीन जना किरियामा बसेका हुन्। १८ वर्षीया माइली छोरी लक्ष्मीका जेठी विदेशमा रहेकाले अहिले दिदीबहिनीले काजकिरिया गर्दै आएका छन्।

अञ्जुको प्रेसरले हानेर मृत्यु भएको हो। अञ्जुका श्रीमान पनि प्रेसरको रोगी छन्। काजकिरियामा बसेकी लक्ष्मीका अनुसार परिवारको आर्थिक अवस्था कमजोर हुँदा पनि समस्या परेको छ। ‘आमाले मजदुरी गरेर परिवार धान्दै आएकोमा अहिले आर्थिक अवस्थाका कारण काजकिरिया गर्नै समस्या छ,’ उनले भनिन्।

प्रकाशित: १५ जेष्ठ २०७९ १३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App