३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

हारेपछि गाउँपालिका ईन्चार्जबाट राजीनामा

२०७४ सालको स्थानीय तह निर्वाचनमा भारी बहुमतका साथ गाउँपालिका जितेका रोल्पाको गंगादेव गाउँपालिका बिरबहादुर खत्रीले अध्यक्षमा पराजित भएपछि नेकपा माओवादी केन्द्र गाउँपालिका इन्चार्जबाट राजीनामा दिएका छन्। 

मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनले पार्टीलाई जिताउन नसकेकाले गाउँ कमिटी इन्चार्जबाट राजीनामा दिएको उल्लेख गरेका छन्। ‘गंगादेव गाउँपालिका रोल्पामा माओवादी केन्द्रलाई जिताउन नसकेको कारण नैतिकताको आधारमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र गंगादेव गाउँपालिका इन्चार्जको जिम्मेवारीबाट राजीनामा दिएकोबारे जानकारी गर्दछु।’ जिल्ला इन्चार्जलाई सम्बोधन गर्दै उनले फेसबुकमा लेखेका छन्।  पार्टीको गाउँपालिका इन्चार्ज रहेका उनी नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश उपाध्यक्ष समेत हुन्।  

गंगादेवमा नेपाली कांग्रेसका हरिबहादुर पुनले २ हजार ५ सय ५७ मत पाउँदा उनका प्रतिद्वन्द्वी एमालेका रोशन कुमार वलीले २ हजार ४ सय ९९ मत ल्याएका थिए भने बिरबहादुर खत्रीले २ हजार ९३ मत मात्र ल्याएका हुन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App