८ वैशाख २०८१ शनिबार
समाज

'निर्वाचनलाई बिथोलिने काम गर्नुहुँदैन'

सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रुपमा मतदान गर्न आग्रह गरेको छ।

आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरु परिचालित भइसकेको र स्वयं मतदाताहरुको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह गरेको हो।

सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसै योजना अनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताए। उनले स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त, दुरुस्त सुरक्षा व्यवस्थापन गरेको बताए।

प्रवक्ता पोखरेलले अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्णरुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे। प्रवक्ता पोखरेलले पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढीरहेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरे।

विदेशबाट स्थानीय तहको निर्वाचका लागि मतदान गर्न आउने नागरिकहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गरे। यस्तै प्रवक्ता अधिकारीले सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरु राखिएको जानकारी दिए।

उनले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पारे। त्यस्तै स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरे।

उनले भारतमा कोरोना संक्रमण बढेको भन्दै नेपाल आउने नागरिकहरु र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरुले सवस्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको बताए। सहप्रवक्ता अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरुमा हेल्थ डेस्क राखेको र आवतजावतलाई व्यवस्थित गर्न लागिपरेको बताए।

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए।

उनले स्वास्थ्य मन्त्रालयले यस सम्बन्धी विभिन्न कार्ययोजना बनाइ सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताए। सहप्रवक्ता अधिकारीले जनस्वास्थ्यका मापदण्डको सुनिश्चितता गर्न हरेक स्थानीय मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने पनि जानकारी दिए।

उनले अहिले स्वास्थ्य मन्त्रालय जोखिमको आँकलन गर्ने, निगरानी गर्ने, संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र सम्बन्धित सबै निकायहरुसँग समन्वय गरी आवश्यक तयारीका लागि सर्वसाधारणहरुलाई खोप लगाउन बाँकी व्यक्तिलाई खोप लगाउने, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वन गर्ने र बुझाउने कुराहरुमा स्वास्थ्य मन्त्रालय लागिरहेको बताए।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिएपनि संक्रमण फैलिन सक्ने जोखिम बढीरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम भएको बताए। यसैगरी उनले स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गरेर सबै नागरिकहरु यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न पनि आग्रह गरे।

प्रकाशित: २७ वैशाख २०७९ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App